काठमाडौं । अभिनेता शाहरूख खान अभिनीत चलचित्र ‘जवान’ले बलिउडमा नयाँ रेकर्ड कायम गरेको छ । ‘जवान’ सर्वाधिक कमाइ गर्ने हिन्दी सिनेमा बनेको छ ।
हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले ५२५ करोड ५० लाख भारू कमाएको छ। योसँगै ‘जवान’ ले सनी देआलको फिल्म ‘गदर २’ को रेकर्ड तोडेको छ।
हालसम्म सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्मको रेकर्ड ‘गदर’ को नाममा थियो। बिहीबार ५ करोड ८१ लाख भारू कमाउँदै ‘जवान’ ले ‘गदर २’ को रेकर्ड तोडेको हो। ‘गदर २’ ले ५२४ करोड ७५ लाख भारू कमाएको छ।
एटली कुमारले निर्देशन गरेको चलचित्र ‘जवान’मा शाहरूख मुख्य भूमिकामा छन् ।
