चर्चित नायक अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको स्रोतले जनाएको छ ।
रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए । उनलाई भक्तपुरको साँगाबाट साँझ साढे ५ बजे नियन्त्रणमा लिइएको र थप अनुसन्धानका लागि हिरासतमा लिइएको प्रवक्ता रेग्मीले जानकारी दिए ।
केसीले सुदर्शन थापाको निर्देशनमा बन्न लागेको यस फिल्ममा सम्झौता गरेका थिए ।तर ‘रामायण’लाई छाडेर ‘फर्की फर्की’मा केसीले काम गर्ने पक्का भएपछि आफूलाई धोका दिइएको भन्दै निर्माण पक्षले उजुरी दिएको हो ।
अनमोलले पनि केहि दिनअघि आफ्नो आधिकारीक पेजबाट कुरा नआएसम्म प्रचार गरिएको सबैकुरा सत्य नभएको बताएका थिए । उनले घुमाउरो तरिकाले रामायणमा काम नगर्ने बताएका थिए । अनमोल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीका छोरा हुन् ।
