अनमोल तथा फिल्म ‘रावायण’ बिचको विवादले नेपाली फिल्म क्षेत्र तातिरहेको बेला प्रदीपले सोमबार नायक अनमोल केसीलाई लक्षित गर्दै स्टाटस लेखेका छन् । प्रदीपले अनमोलको नाम उल्लेख नगरी बिहे गरिसकेकी महिलालाई बुढाले छाड्दा उसमा आत्मविश्वास हराउने लेखेका हुन् । यति मात्र होइन, प्रदीपले दुलहीलाई खोट लगाएर लेखेपछि उनलाई विवाहको इच्छा वा आत्मविश्वास नै नरहन पनि सक्छ भनेर लेखेका छन् ।
अभिनेता खड्काले लेखेका छन्- ‘५/७ वटी दुलही सोझी परे, मजाले पेलियो भन्दैमा सबै एकै नहोलान् नि । यो पल्ट चाहिँ अलि गाह्रो खालकी छे भन्ने बुझ्नु पर्ने ।’
‘चाहे मैदानमा विश्व चर्चित मेस्सी वा कोहली किन नहोस्, खेलको बिचमा अन्तिम निर्णयको अधिकार कम परिचित रेफ्रिको नै चल्छ । चाहे चित्त बुझोस् वा नबुझोस्, अभिनेता खड्काले लेखेका छन्- ‘मलाई गोल हान्न दिएन भनेर ठुस्स पर्दा घरेलु खेलमा परिवारले ल ल गोल हान बाबु भनेर छोड्देलान्, तर कसैको लागि यो खेल खेलौना नभएर काम, भगवान् र जिन्दगी हुन सक्छ । खेलको बीच–बिचमा रुवावासी गर्नु भन्दा मैदान पस्नु अगाडि सोचेर निर्णय गरौँ ।’
आफ्नो स्टाटसको अन्त्यमा अभिनेता खड्काले लेखेका छन्- ‘आत्मरक्षाको लागि गरेको हत्या पनि जघन्य अपराध नहुन सक्छ, यसले प्रत्येक कार्यको पछाडिको मनसाय र नियतले मुद्दाको प्रकृति निर्धारण गर्दछ भन्ने बुझाउँछ । जाना/जानी र नियमित कु-अभ्यास पक्कै कानून र अख्तियारको दुरुपयोगको मामला हुन जान्छ ।’
उक्त स्टाटसलाई लिएर नकारात्मक टिप्पणी आउन थालेपछि नायक खड्काले स्पष्टिकरण समेत दिनु परेको छ।
उनले लेखेका छन्, ‘म एउटा कलाकार र चलचित्र क्षेत्रको प्रति सरोकारवाला भएको हिसाबले के कुरामा प्रस्ट छु भने निर्मातालाई सुरक्षित गर्ने प्रयत्न हुनुपर्छ, निर्देशकलाई काम गर्ने स्वतन्त्रता अनि कलाकारलाई मेकरमा विश्वस्त नहुदा प्रोजेकट ईन्कार गर्ने छुट। तर सबै सिष्टममा बसेर, मनोमानि ढङ्गले होइन।’

