परदेशी २ को ट्रेलर सार्वजनिक भएको छ ।
आगामी शुक्रबार (असोज २६) बाट प्रदशन हुन लागेको चलचित्र परदेशी २ को ट्रेलर आज दिउसो सार्वजनिक भएको हो ।
३ मिनेट लामो चलचित्रको ट्रेलरमा प्रकाश सपुत, प्रशान्त तामाङ, दिलिप रायमाझी, निर शाह, बर्षा सिवाकोटी, केकी अधिकारी, रमा थपलिया लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।
गोर्खा पल्टन र परदेशी जस्ता सफल चलचित्रका निर्देशक नारायण रायमाझीले दशैंको अवसर पारेर परदेशी २ प्रदशनमा ल्याउने भएका छन् ।
परदेशी २ ले बक्स अफिसमा राम्रो ब्यापार गर्ने अपेक्षा गरिएको छ ।
