फिल्म ‘प्रसाद २’ का निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । फिल्मका निर्माता सुवास बस्नेत र ज्याक श्रेष्ठले फिल्म आफ्नो मन्जुरीबिना देश तथा विदेशमा प्रदर्शन गरेर करोड ठगि गरेको भन्दै उजुरी दिएका हुन् ।
उनले ठगी अपराधिक विश्वासघात एक्सटर्सन तथा अपराधिक लाभ मुद्दामा तीन जना विरूद्ध जाहेरी दिएका थिए। तीमध्ये झापा घर भई हाल काठमाडौं महानगरपालिका १३ बस्ने ओएसआर डिजिटल प्रालिका सञ्चालक ओम प्रकाश अग्रवाल शुक्रबार पक्राउ परिसकेका छन्। बाँकी दुई जनालाई प्रहरीले खोजिरहेको छ।
आफ्नो अनुमतिविना सो चलचित्र प्रसारण गरी एक करोड ५० लाख आर्थिक नोक्सानी पुर्याएको भन्दै बस्नेतले ठगी, आपराधिक विश्वासघात तथा आरापराधिक लाभको कसुरमा जाहेरी दर्ता गराएका थिए।
प्रहरीले यस बिषयमा थप अनुसन्धान गरिरहेको छ ।
