सलमान खान र कट्रिना कैफ अभिनीत फिल्म ‘टाइगर ३’ को ट्रेलर सार्वजनिक भएको छ।
झण्डै तीन मिनेट लामो ट्रेलरमा सलमान र कट्रिनालाई खतरनाक एक्सन दृश्यमा देख्न सकिन्छ ।आदित्य चोपडाको लगानी रहेको फिल्मलाई मनिष शर्माले निर्देशन गरेका हुन्। फिल्ममा सलमान र कट्रिनासँगै इमरान हासमीको मुख्य भूमिका छ। फिल्ममा इमरान खलनायकको भूमिकामा देखिएका छन्। फिल्मको कथा आदित्य चोपडाले तयार पारेका हुन्।
यसका अघिल्ला सिरिज सन् २०१२ मा ‘एक था टाइगर’ र त्यसपछि ‘टाइगर जिन्दा है’ प्रदर्शन भएका थिए। ‘टाइगर ३’ पछि सलमान खान र शाहरूख खान ‘टाइगर भर्सेस पठान’ मा देखिनेछन्।
