काठमाडौ । नब गायक हरिष बिष्टको ‘घर छाडी प्रदेशी भया’ बोलको देउडा गित सार्वजनिक भएको छ । चर्चित देउडा गायिका गौरी भट्ट र गायक बिष्टले स्वरवद्ध गरेको गित बिहीबार परिवर्तन डिजिटल यूट्व च्यानलबाट सार्वजनिक भएको हो ।
गायक हरिष बिष्टले शब्द सृजना स्वर संगित भरेका हुन् भने एरेन्ज भुमिराज राम्जाली थापाले गरेका हुन् । गितमा जनक धामी, र महेश राज वड विशेष सहयोग गरेका छन् ।
बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर १ रिम गोरङ घर भएका बिष्ट रोजगारीको शिलशिलामा भारतको बेङ्लोरमा बस्दै आएका छन् ।
नेपालमा रहेको गरिवीका कारणले परदेशी पर्ने नेपालीको बाध्यता, परदेशमा नेपालीले भोगेको दुःख पीडा र गाउँघरका धेरै कुराहरु समेटिएका छन् ।
