काठमाडौं । अमेरिकामा सन्तान जन्माउने योजनासहित अभिनेत्री रेखा थापा त्यसतर्फ लागेकी छन् । पति बलराम शाहीसहित उनी शुक्रबार अमेरिका पुगिसकेकी छिन् ।

बेबी प्लानबाहेक रेखा दम्पतिले अमेरिका भ्रमणलाई बिदा मनाउने अवसरको रुपमा समेत लिएको छ । ‘बिहेपछि कहिले चुनाव र कहिले फिल्मको कामले गर्दा बिदा मनाउन जान पाएका थिएनौं, त्यो मौका पनि हो’ रेखाले भनेकी थिइन् ।
अमेरिकाबाट फर्किएपछि रेखाले सविर श्रेष्ठ र ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने आगामी फिल्ममा काम गर्ने बुझिएको छ । साथै, उनी एक टेलिभिजन रियालिटी शोमा जोडिने तयारी छ ।

