एक फ्ल्याटमा पाँच जनाको शव फेला परेको छ ।
उत्तर पूर्वी पेरिसको एक फ्ल्याटमा पाँच जनाको शव फेला परेपछि फ्रान्सको प्रहरीले अनुसन्धान सुरु गरेको हो । स्थानीय मिडियाका अनुसार मृतकमा एक महिला र उनका चार छोराछोरी रहेका छन् ।पछिल्लो समय पेरिस क्षेत्रमा पारिवारिक हत्याकाण्डका घटना बढेका छन् ।
उनीहरूको शव राजधानी पेरिसभन्दा ४१ किलोमिटर टाढा रहेको मोउ सहरमा भेटिएको प्रहरीको भनाई छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरीले ती परिवारका ३३ वर्षीय पितालाई खोजिरहेको छ । उनी हाल फरार रहेका छन् ।
