बेइजिङ : चीनले कोरोना निस्क्रिय पार्ने पहिलो खोप परीक्षण गरेको छ । चिनियाँ नेशनल फर्मासिटिकल ग्रुप (सिनोफार्म)सँग आबद्ध वुहान इन्स्टिच्युट अफ बाइलोजिकल प्रोडक्टले परीक्षण गरेको कोभिड-१९ इनएक्टिभेटेड खोपको पहिलो र दास्रो चरणको क्लिनिकल परीक्षणको नतिजा सकारात्मक आएको मंगलबार आज घोषणा गरेको छ ।
यससँगै उक्त खोपको क्लिनिकल परीक्षणको पहिलो दुई चरणहरूमा गम्भीर प्रतिकूल प्रभावको कुनै पनि केस नदेखाएकोसमेत जनाइएको छ ।
यस खोपले रोग प्रतिरोधात्मक क्षमता बढाउन सक्ने दाबी गरेको छ । १८ देखि ५९ वर्ष उमेर समूहका एक हजार १२० स्वयंसेवकमा गरिएको यस खोपको परीक्षणमा उनीहरुमा कुनै दुष्प्रभाव नदेखिएको र एन्टिबडीलाई निस्क्रिय पारेको जनाइएको छ ।
सिनोफार्मले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कोरोना भाइरविरुद्धको अहिलेसम्मकै यो बृहत र प्रभावकारी क्लिनिकल अध्ययन हो ।”
गत अप्रिल १२ मा यस इनएक्टिभेटेड भ्याक्सिनले पहिलो र दोस्रो चरणको क्लिनिकल परीक्षणका लागि अनुमति पाएको थियो । यससँगै सिनोफार्मले तेस्रो चरणको क्लिनिकल परीक्षणका लागि मुलुकबाहिरका खोप उत्पादकहरु र अनुसन्धानकर्ताहरुसँग सहकार्य गर्ने जनाइएको छ ।
सिनोफार्मले आपतकालीन आवश्यकतामा प्रयोगका लागि कोरोनाविरुद्धको खोप उत्तपादनका उच्चस्तरीय जैविक सुरक्षायुक्त प्रयोगशालामा स्थापना गरेको छ ।
क्लिनिकल अध्ययन पुरा हुनु कोविड १९ विरुद्धको लडाइमा हासिल गरेको अर्को महत्वपुर्ण उपलब्धी भएको बताएका छन् ।
