प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोनाभाइरस महामारी रहुन्जेल आइतबार पनि बिदा दिन माग गरेका छन्।
प्रतिनिधिसभा संसद बैठकमा मंगलबार शुन्य समयमा बोलेका सांसद प्रधानले सवारी साधनमा जोर बिजोर लागू गरिए पनि सडकमा जाम भइरहेको बताए।
कोरोना महामारी रहुन्जेल काठमाडौंमा आइतबार पनि बिदा दिनुपर्ने उनको भनाइ छ। प्रधानले काठमाडौंमा मात्रै १५ लाख सवारी साधन रहेकोले जोरबिजोर प्रणाली लागू गर्दा पनि जाम भएको बताए।
कोरोना महामारी रहुन्जेल काठमाडौंमा आइतबार र शनिबार बिदा दिऔं,’ उनले भने।
सवारी साधन पनि सामाजिक दूरी कायम गरी सञ्चालन गर्नुपर्ने भन्दै उनले जाममा बस्दा पनि कोरोना लाग्न सक्ने बताए।
