बबुल गिरीको संगीत तथा आफ्नै आवाजमा , टीआर गौडेलको शब्दमा तयार भएको ‘मायाले संसार चल्दैन’ बोलको गीत सार्वजनिक गरिएको छ ।

यो गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । भिडियोमा शिलन लम्सालको सम्पादन, उत्सव दाहालको छायांकन छ ।
यो गीतको भिडियोमा नायक पुष्प खड्काले मोडल गरिमा शर्मा र प्रथम क्षेत्रीसँग अभिनय गरेका छन् ।
आफ्नी मायालुले अर्कै यूवकसँग बिहे गरेपछि दुई यूवाले व्यक्त गरेको पीडालाई गीतमा व्यक्त गरिएको छ ।
