काठमाडौं – बाजुरा जिल्लाको बुडिगंगा नगरपालिका, त्रिवेणी नगरपालिका, बुडिनन्दा नगरपालिका र बडिमालिका नगरपालिका अन्तर्गतका बस्तीमा पसेको बाढीका कारण विस्थापित भएका सयौंँ बाढीपीडित परिवारहरुलाई हिमालयन हेल्पिङ्ग ह्यान्ड्सले अत्यवस्यक सामग्री तथा आर्थिक सहयोग वितरण गरेको छ ।
विभिन्न समयमा आएको बाढी–पहिरो बुढीगंगा नदी किनारका बस्तीमा पसेपछी त्यहाँका सयौं घर, तिन सय भन्दा बढी खेत, ४० भन्दा बढी घट्ट, पावरहाउस, लगाएत सयौँ चौपाया बगाउँदा करौंडौको क्षति भएको छ। भने अन्य धेरै भौतिक संरचनाहरु पनि तहसनहस बनाएको छ । त्यस्तै बाढी पहिरोको कारण सयौँ रोपनी खेतियोग्य जमीन बगरमा परिणत भएको छ ।

बाजुराका बाढी पिडित परिवालाई हिमालयन हेल्पिङ्ग ह्यान्ड्सले दुई लाख बराबरको अति आवस्यक सामग्री, ५० के.जी. को चामल ५० बोरा, दाल, तेल, चिउरा, साबुन लगाएतका सामग्रीका साथै पचास हजार नगद रकम पनि हस्तान्तरण गरेको छ ।

लस एन्जलस् क्यालिफोर्नियाको हिमालयन हेल्पिङ्ग ह्यान्ड्स् का कपिल अधिकारीको संयोजकत्वमा मनी माया अधिकारी, अस्मिता अधिकारी, उत्तम अधिकारी, शरण अधिकारी, राम अधिकारी, गोकुल ढकाल, गोभिन्द चन्द, उत्तम जङ थापा लगायतको टिमबाट आएको करिव ३ लाख बराबरको राहत विरण गरिएको हो ।

सुदूरपश्चिमको विकट उक्त क्षेत्रमा बाढी पहिरोले क्षदविक्षद बनाएको बाजुरा बासीको घाउमा मल्हम लगाउन उक्त क्षेत्रमा हिमालयन हेल्पिङ्ग ह्यान्ड्स् अमेरिका बाट आएको राहत बोकेर संचारकर्मी अर्जुन विष्ट, बिरेन्द्र धामी र रिच मनोज श्रेष्ठको टिम बाजुरा पुगेको हो ।

बाढीले सबैथोक खोसेपछि टुहुरो बनेका बाजुराबासीलाई फेरि एकपटक हिमालयन हेल्पिङ्ग ह्यान्ड्सले साहारा दिएको छ । यसअघि पनि नेपालका थुप्रै क्षेत्रका प्राकृतिक विपत्तिमा परेकाहरुलाई हेल्पिङ्ग ह्यान्ड्सले सहयोग प्रदान गर्दै आएको छ ।

यस अघि फाउण्डेशनले असार २५ गते बाह्रविसे नगरपालिकामा गएको पहिरोले आफ्ना छ जना पुरै परिवार गुमाएकी छिरिङ्ग गोले नानीलाई र पहिरोले गाउंको घर गुमाएर नजिकैको विद्धालयको छानाको ओत लागाएर त्यहीं दुई हात जोर्ने चारो पकाएर बसेका अन्य पीडित गाउंलेहरुका लागि २ लाख रुपैंया सहयोग गरेको थियो । त्यसैगरी सिन्धुपाल्चोककै जुगल गाँउपलिका वार्ड नं. २ लिदिमा ३९ जनाको एकै चिहानहुनेगरी गएको पहिरोमा परी भएको घर परिवार गुमाएर बाँचेका हरुलाई के खाँउ के लाँउ भैरहेका बेला ति पहिरो पिडितलाई पनि नगद पाँच लाख रुपैंया सहयोग गरेको थियो । त्यस्तै अछामको रामारोशन गाँउपालिका ५ का बाढी पिडितका लागी पनि हेल्पिङ्ग ह्यान्ड्सले तिन लाख सहयोग गरेको थियो । भने बाजुरामा २ लाख ९० हजार गरेर गएको २ महिना भित्र हेल्पिङ्ग ह्यान्ड्सले देशै भरका विभिन्न ठाँउहरुमा संचारकर्मी अर्जुन बिष्टको टिम मार्फत मात्रै १३ लाख भन्दा बढीको सहयोग वितरण गरिसकेको छ ।


यसका साथै सिन्धुपाल्चोकका बाढी पीडितहरुको सुरछित स्थायी बसोबासका लागि हिमालयन हेल्पिङ्ग ह्यान्ड्सले चालिस पक्की घरको निर्माण गर्ने अध्यक्ष कपिल अधिकारीले जानकारी गराएका छन । जसका लागि शुरु गरिएको ‘गो(फन्ड’ अभियानमा अधिकारी परिवारले १० हजार अमेरिकी डलर सहयोग गरिसकेको छ ।
