काठमाडौं । ‘भन् साली तेरी दिदी कहाँ छ’ यो गीत यतिबेला टिकटकमा भाइरल भएको छ ।
]गायक चक्र बम र गायिका लक्ष्मी आचार्यको स्वर रहेको यो गीत टिकटकमा मात्र होइन युट्युवमा समेत श्रोता दर्शकले रुचाएका छन् ।
सुदूर पश्चिमको शैलीमा तयार भएको गीतमा दिदीको बिषयमा साली भेनाको सम्वाद समेटिएको छ । चक्र बमकै शब्द रहेको गीतमा देउडा समेत फ्युजन गरिएको छ ।
समाचार तयार गर्दासम्म गीतले करिव साढे चार लाख दर्शक पाएको छ । गीतलाई ३० हजारले लाइक दिएका छन् भने एक हजारले डिसलाइक दिएका छन् ।
नरेन्द्रराज रेग्मीको संगीत रहेको गीतको भिडियो स्टेज फमेन्सको शैलीमा तयार पारिएको छ । भिडियोमा बाध्यबाधक टोलीसहित गायक गायिका नै प्रस्तुत भएका छन् ।
गीतको शैली श्रोता दर्शकका लागि नौलो भएर होला सबैले रुचाएका छन्’ गायिका लक्ष्मीले भनिन्–‘प्रतिक्रिया पनि सकारात्मक नै आएको छ ।’
