काठमाडौं : दुखी पीडितका भगवान भनेर चिनिने भाग्य न्यौपाने म्युजिक भिडियोमा देखिएका छन।
पछिल्लो समय गित गाएर सामाजिक संजालमा भाइरल भएकी लक्ष्मी खड्काको र दोहोरी गायक शक्ति कुमार गोधार को आवाजमा रहेको “ढुङ्गो तालमा खस्यो”गीत Limelight Nepal युटुब च्यानल मार्फत सार्बजनिक भएको छ।
उक्त “ढुङ्गो तालमा खस्यो”गीतमा भाग्य न्यौपानेलाई मुख्य अतिथिको भुमिका देखाएको छ । “ढुङ्गो तालमा खस्यो” गीतमा शब्द राजकुमार बस्नेत को रहेको छ भने संगीत चन्द्ररामन तामांग को रहेको छ।
यसैगरी म्युजिक भिडियोमा कलाकारहरु रिया खड्का ,रति खड्का ,सुजन बाबु गुरुङ ,रंजित मगर ,अस्मिता कार्की ,बिकाश घिमिरे ,दिया गिरि ,निर्प साउद ,टेक्निकल एडभाईसर ,राजेन्द्र अर्याल आदिको अभिनय देख्न सकिन्छ।
भने अतिथि कलाकारमा भाग्य न्यौपाने, अर्जुन बिष्ट र गोबिन्द भण्डारी रहेका छन् ।
