काठमाडौं : बागलुङकी १९ वर्षीया कोरोना संक्रमित युवती अंशु सापकोटा अस्पतालबाट डिस्चार्ज भएकी छन् । बागलुङ नगरपालिका ४, कुँडुलेकी उनलाई अस्पतालले शुक्रबार राति करिब १० बजेतिर डिस्चार्ज गरेको हो ।
एक महिना लामो आइसोलेसन बसाइपछि पाँचौं कोरोना संक्रमित अंशु निको भएकी छिन् । उनको स्वाब परीक्षणमा लगातार दोस्रोपटक नेगेटिभ देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । त्यसअघि चारपटकसम्म उनको पोजिटिभ रिपोर्ट आएको थियो ।अस्पतालमा आउँदा कुनै पनि लक्षण नभएपछि दैनिक सकेसम्म धेरै तातोपानी खान लगाइएको थियो।
डिस्चार्ज भएपछि अंशुले माछामासु, अन्डा र दूध नियमित खाएँको बताइन् । पोसिलो खानाले एन्टिबडी निर्माण भए पनि निको भएको हुन सक्ने उनले बताइन्।उनले अब गाउँमा गएर सचेतना फैलाउने बताइन्। ‘गाउँमा गएपछि कोरोना संक्रमणविरुद्ध लड्न नियमित तातोपानी खानुपर्ने कुरा सिकाउँछु,’अंशुले भनिन्, ‘ढुक्क भएर नबस्ने, स्वास्थ्यबारे ख्याल राख्ने गर्छु।’
