काठमाडौं : कोरोनाले गर्दा देश लकडाउन भएको झन्डै २ महिना बितिसकेको छ, यो लामो लकडाउनले गर्दा थुप्रै मान्छेहरुलाइ बाच्न समेत गरो भैसकेको छ ! यतिबेला यो लकडाउनको पीडा सबैभन्दा धेरै सिनामंगलस्थित बागमतिको छेउमा रहेको सानो कटेरोमा बस्ने उपाशना सुन्दाश लाई परेको छ!
उनी अहिले मात्रै १७ बर्ष पुगिन, अहिले उनी सुत्केरी छिन उनको कोख बाट एउटा छोरिको जन्म भएको छ । सायद सानै उमेरमा छोरी पाएर होला अहिले छोरिको स्वास्थ्य अवस्था ठिक नभएको र सङ्गै छोरिको तौल पनि निकै कम रहेको उपाषना बताउछिन् ! एक बर्ष पहिले शर्जन श्रेष्ठ नाम गरेका ब्यक्ति सङ्ग बिवाहा भएको उनी बताउछिन् तर अहिले उपाषना एक्लै छिन ! उनको श्रीमान छोरी पेटमा आएको दुई महिना नहुदै कामको सिलसिलामा भारत गएको र त्यसपछि सम्पर्क बिहिन भएको उपाषना भन्छिन् ।
अहिले १७ बर्सिय आमा सङ्गै २५ दिनको छोरिको अवस्था नाजुक रहेको छ हेर्नुस् भिडियो सहित हेर्नुस्


