सबिता मृत्यु प्रकरलाई लिएर सामाजिक संजालहरुमा विभिन्न कुराहरू उठिरहेक छ्न।सबिताको आमाजुका श्रीमान अर्थात भोजहरि ढकालको पहिलो श्रीमती आफ्नो नाम र अनुहार गोप्य राख्ने शर्तमा मिडियामा आउन तयार भएकी हुन् ।
उनको भोजहरी संग २०५५ साल फाल्गुन २ गते बिहे भएको रहेछ। माइलो अंकलले उक्त विवाहको प्रस्ताव ल्याएका रहेछ्न अंकलको कुरास्विकार्दै उनले भोजहरि संग बिहे गरेकि रहिछिन। उनीहरुको २०५६ साल पौषमा छोरी जन्मिईन।
ऊनी स्कुलमा पढाउने गर्थिन तर श्रीमान भोजहरी कै जबर्जस्ति मा उनले स्कुलको जागिर छाड्नु परेको रहेछ। उनलाई सानिमाको छोरा बिरामी छ भेट्न जाने भनेर लागि जागिर छुटाई भाइ लाई हेर्न लगाए।
भाइ ठिक भएपछि भोजहरी ले बुबाआमालाई हेर्न भन्दै उनिलाई र छोरिलाई चितवन पठाए । त्यसको एक वर्ष पछि छोरी काठमाडौ पढाउछु भन्दै छोरी लिएर काठमाडौ जादा उनी संग टाढा हुन भोजहरी दुबई गएका रहेछ्न।
उनी संग बिहे गरेर छोरी समेत भए पनि डिर्भोस नभई २०६० सालमा भावना संग बिहे दर्ता समेत गरिसकेका रहेछ्न। दुबईबाट नेपाल पटकपटक नेपाल आउँदा पनि छोरि र श्रीमतीलाई भेट्न कहिल्यै नजाने साथै छोरी को जन्मदर्ता र आफ्नो बिहे दर्ता समेत सासू ससुरालाई लगेर गराएको बताएकि छिन।
भावना र भोजहरिको सम्बन्धको बारेमा थाहा पाएपछि २०६५ सालमा काठमाडौबाट उनिले भोजहरी संग डिर्भोस गरेकी रहिछिन। श्रीमती छोरी छ भन्ने थाहा पाउँदा पाउदै नि अर्काको श्रीमान संग बिहे गर्ने रुरुनारी भएर अर्को नारी माथि सौता बन्न आउने तपाइँ कस्तो महिला भनी भावनालाई प्रश्न गरेकी छिन।
हेर्नुस् भिडियो सहित
https://youtu.be/J_412jWBXtk
