मिनि वर्ल्ड कपका नामले समेत चिनिने युरोपियन फुटबलको महाकुम्भ “युरो कप” को १६ ओेैँ संस्करण युरोपका विभिन्न ११ शहरमा जारी छ। निकै नै उत्कृष्ट र प्रतिस्पर्धात्मक खेल प्रस्तुत हुने यस प्रतियोगिता अवधिभर यी खेलाडीहरु केन्द्रविन्दुमा रहनेछन् ।
१ किलियन एम्बाप्पे
फ्रान्स तथा पिएसजीका २२ वर्षीय स्टार स्ट्राइकर एम्बाप्पे माथि यो प्रतियोगीतामा सबैको नजर रहनेछ। विश्वकै उत्कृष्ट युवा खेलाडी रहेका उनले राष्ट्रिय टोलीका लागि ४४ खेलमा १७ गोल गरिसकेका छन्। यदि फ्रान्सले उपाधि चुम्ने हो भने उनको जादु अनिवार्य छ।
२,ह्यारी केन
इंग्ल्याण्ड तथा टोटेन्हम हट्सपरका २७ वर्षीय फरवार्ड ह्यारी केन प्रतियोगिता अवधिभर उत्कृष्ट लयमा रहने हो भने इंग्ल्याण्डका लागि यो प्रतियोगिता सुखद रहन सक्छ। कप्तान समेत रहेका केनले राष्ट्रिय टोलिका लागि ५४ खेलमा ३४ गोल गरिसकेका छन्। आफ्नो क्लबका लागि इङ्गलिस प्रिमियर लिगमा २३ गोल तथा १४ असिस्ट गरेका केनले राष्ट्रिय टोलीका लागि पनि उत्कृष्ट खेल पस्किनु जरुरी छ।
३,एन्गोलो कान्टे
फ्रान्स तथा चेल्सीका ३० वर्षीय मिडफिल्डर कान्टे यो वर्ष उत्कृष्ट फर्ममा रहेका छन्। चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका कान्टेले राष्ट्रिय टोलिका लागि पनि उत्कृष्ट खेल पस्किएमा फ्रान्सले पछिल्लो सँस्करणको नतिजामा सुधार ल्याउन सक्नेछ।
४,रोमेलु लुकाकु
बेल्जियमका २८ वर्षीय फरवार्ड लुकाकुले इन्टर मिलानलाई इटालियन सिरि ए को उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। इन्टरका लागि २४ गोल तथा ११ असिस्ट गरेका लुकाकुले राष्ट्रिय टोलीका लागि पनि सोही लय कायम गर्न सके यो पटक बेल्जियमको लागि प्रतियोगिता सुखद रहन सक्छ।

५,ब्रुनो फर्नान्डेज
पोर्चुगल तथा म्यानचेस्टर युनाइटेडका २६ वर्षीय मिडफिल्डरमाथि प्रतियोगिता अवधिभर सबैको नजर रहने निश्चित प्राय छ। म्यान्चेस्टर युनाइटेडका लागि १८ गोल र १२ असिस्ट गरेका फर्नान्डेज राष्ट्रिय टोलीका लागि पनि महत्त्वपूर्ण भूमिकामा रहनेछन् र यदि पोर्चुगलले उपाधि रक्षा गर्ने हो भने उनको जादु अपरिहार्य छ।

यसैगरी, बेल्जियमका मिडफिल्डर केभिन डे ब्रुयना, पोर्चुगलका डिफेन्डर रुबिन डियास, नेदरल्यान्डका फरर्वाड मेम्फिस डेपाय, जर्मनीका मिडफिल्डर जोसुवा किमिच, इटालीका फरवार्ड सिरो इमोबले, पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डो, फ्रान्सका फरवार्ड एन्टोइन ग्रिजम्यान र पोल्यान्डका कप्तान तथा स्ट्राइकर रोबर्ट लेवान्डोस्कीमाथि पनि सबैको नजर रहनेछ
( स्मारक विष्ट )
