काठमाडौ : हेमराज थापाले आफ्नो जन्मदिन पशुपति परिसरमा सडकमा सुत्ने असहाय असाहारा कोहि नभएका ब्याक्तीहरु सङ्ग केक काटेर मनाएका छन ।
हुनत यतिबेला कोरोनाको कहरले गर्दा देश लकडाउनमा छ, यो लामो लकडाउनले गर्दा ती सडकमा सुत्ने सडकमै खाने हरुलाइ पनि निकै गरो परेको छ।
यसै अवस्थामा हेमराज थापाको जन्मदिन, पशुपति परिसरमा ब्यवारिसे लास जलाउदै आउनु भएका बिनय जङ्ग बस्नेत, सडकमा सुत्ने कोइ नभएका हरुको लागि खाना बाड्दै आउनु भएकी सपनाको साथमा केक काटेर, कोहि नभएका हरुलाइनै खुवाउदै थापाले आफ्नो जन्मदिन मनाएका छन!
यतिमात्र नभइ थापाले आफ्नो जन्मदिनको अवसर परेर ती सडकमा सुत्ने हरुको लागि खानाको पनि राम्रो ब्यबस्था गरेका थिए, यद्यपि अरु दिन भने असाहारा हरुलाइ बिनय जङ बस्नेतले खुवाउदै आएका छन ।
जन्मदिनकै अवसरमा थापा जोड्नु हुन्छ अरु बर्ष आफ्नो साथी-भाइहरु सङ्ग जन्मदिन मनाउथे भने यो बर्ष सडकमा कोइ नभएका हरु सङ्ग मनाएको छु, थापाले जन्मदिन मनाइ रहदा ती सडकमा सुत्ने सबैले आफ्नै जन्मदिन आएको जस्तै महसुस गरेका थिए ।
