थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

नेपालमा थप २० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। शुक्रबार भेरी अस्पताल, नेपालगञ्ज, सेती प्रादेशिक अस्पताल, कैलाली र कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा थप २० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

Follow Us

 

उनका अनुसार संक्रमितहरु बाँकेका १४ जना, कैलालीका तीन, डडेल्धुराका एक, बैतडी र मोरङको रतुवामाई गाउँपलिकाका एक(एक जना पुरुष रहेका छन्। बाँकेको नरैनापुर गाउँपालिकाका १३ र राप्ती सोनारी गाउँपालिकाका एक जना पुरुषमा कोरोनाको संक्रमण भेटिएको डा। देवकोटाले बताए। उनका अनुसार उनीहरु १८ देखि ६१ वर्ष उमेर समूहका पुरुष रहेका छन्।

 

यस्तै, कैलालीको जानकी गाउँपालिकाका १९, २३ र २६ वर्षीय पुरुष, डडेल्धुराको परशुराम नगरपालिका–१० का २८ वर्षीय पुरुष, बैतडी शिवनाथ–१ का एक र मोरङको रतुवामाई नगरपालिका–२ का ४७ वर्षीय पुरुषमा कोरोनाको संक्रमण भेटिएको प्रवक्ता डा. देवकोटाले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५०७ पुगेको छ। तीमध्ये ७० जना निको भएर घर फर्किएका छन् भने तीन जनाको मृत्यु भएको छ।