मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार चार रुपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला छ सय रुपैयाँ बढेको हो। सोमबार छापावाल सुन प्रतितोला ९६ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १२ सय पाँच रुपैयाँमा खरिद–बिक्री भएको थियो। सोमबारको तुलनामा आज चाँदी प्रतितोला ३५ रुपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यो पनि
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणबाट फर्किएपछि निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ ।
प्रचण्ड साउन २६ गते स्वदेश फर्किने कार्यतालिका भएकाले त्यसपछि मात्रै दल दर्ताको प्रक्रियामा जाने स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए । ‘निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरिसकेको छ । अध्यक्ष प्रचण्ड कमरेड जापान हुनुहुन्छ । उहाँ फर्किएपछि आयोगमा दल दर्ता गर्न जान्छौ’ पोखरेलले भने ।
दल दर्ता गर्न पार्टी अध्यक्षको हस्ताक्षर चाहिने भएकाले माओवादीले प्रचण्ड फर्किएपछि मात्रै आयोग जाने भएको हो । अरु दलहरु आयोगको निर्धारित कार्यतालिका बमोजिम दल दर्ता गरिरहेका छन् । प्रदेश र प्रतिनिधि सभा चुनाव मंसिर ४ गतेका लागि तोकिएको छ ।
