बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँ घटेको हो। बुधबार छापावाल सुन प्रतितोला ९७ हजार एक रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला पाँच रुपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यो पनि
नेपाली कांग्रेस लमजुङका नेता द्वारिकाप्रसाद मिश्र र माओवादी निकट प्रेस सेन्टर लमजुङका अध्यक्ष रुद्र ढकाल र जसपाका लक्ष्मी मिश्रसहित ११० जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।
कांग्रेस नेता मिश्र २८ वर्षपछि पुरानै घर फकिएका हुन् । २८ वर्षसम्म नेपाली काँग्रेसमा आवद्ध भई सुन्दरबजार नगर समितिका सभापति, २०७४ मा स्थानीय निर्वाचनमा प्रमुखमा स्वतन्त्रबाट उम्मेदवार भएका मिश्र तरुणदल लमजुङका पूर्व सचिव पनि थिए ।
मिश्रको शुरुवाती राजनीति भने एमालेबाटै सुरु भएको थियो । मिश्रले बिहीबार सुन्दरबजारमा पत्रकार सम्मेलन गरी नेपाली काँग्रेसहित विभिन्न पार्टीबाट १०९ जना एमालेमा प्रवेश गरेको घोषणा गरेका हुन् ।
त्यस्तै, प्रेस सेन्टर लमजुङका अध्यक्ष ढकाल पत्रकार महासंघ जिल्ला सचिव समेत हुन् । त्यस्तै जिल्ला समन्वय समिति लमजुङमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।
बिहीबार भएको मतदानमा कुल १६ मतादाता रहेकोमा एमालेको मात्रै बहुमत ९ मत रहेकोमा गठवन्धन भत्काउँदै एमालेको पक्षमा १० मत प्राप्त भइ प्यानल नै विजयी भएको हो ।
एमालेका पुर्ण गुरुङ १० मत प्राप्त गरि विजयी भएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका मुरली कुमालले ६ मत प्राप्त गरे ।
