एजेन्सी, चीनमा महामारी फैलिएपछि पहिलो पटक पछिल्लो २४ घण्टामा कोरोनाको भाइरसको कुनै पनि संक्रमण नपाइएको जनाइएको छ ।
गत वर्षको अन्त्यमा चीनको वुहान शहरबाट सुरू भएको कोरोना भाइरसको संक्रममणको महामारीले अहिले सम्पूर्ण विश्वलाई समेटेको छ । तर मार्चमा कोरोना संक्रमणमा धेरै कमी आयो । त्यसको पछाडि एक मात्र कारण मानिएको छ लकडाउन ।
यद्यपि समाचार एजेन्सी रोयटर्सका अनुसार चीनमा बाहिर देशबाट आएका मानिसहरूमा संक्रमणको घटना बढिरहेको छ । ती मध्ये अधिकांश चिनियाँ नागरिक रहेका छन् जो विदेशबाट फर्केका छन् ।
हालको हप्ताको पूर्वीउत्तर चीनका सीमावर्ती जिलिन र हेइलान्गजियान्ग प्रान्त कोरोना संक्रमणको केन्द्र बन्दै गइरहेको थियो । वुहानमा पनि यस महिनामा केही इलाकामा संक्रमण भेटियो ।
त्यहाँ आठ अप्रीलमा लकडाउन हटाएको थियो । त्यसपछि त्यहाँ अधिकारीहरुले चेतावनी दिए कि महामारीलाई रोक्नका लागि लागू गरिएको उपायलाई ढिला गर्नु हुदैन ।
यता वुहानका लागि एक करोड १० लाख बासिन्दाहरुको टेष्टका लागि अभियान सुरु गर्ने तयारी पनि गरिएको छ ।
