नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य घटेको छ।
बुधबार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला तीन सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख १२ हजार २५० रुपैयाँ र चाँदीको मूल्य १ हजार ४०५ रुपैयाँ तोकिएको थियो ।
आज चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार चाँदी प्रतितोला १४ सय पाँच रुपैयाँमा कारोबार भएको थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँ बढेको हो।
