साताको तेस्रो दिन सुनको मूल्य २४ सय रुपैयाँले घटेको छ।
आइतबारदेखि बढेर लगातार रेकर्ड बनाइरहेको सुनको मूल्य मंगलबार भने घटेको हो।
छापावाल सुन तोलाको एक लाख १९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन तोलाको हालसम्मकै उच्च एक लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
