नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । कीर्तिमानी मूल्य कायम गर्दै लगातार दुई दिन (मंगलरबार र बुधबार) घटेर बिहीबार बढेको सुनको मूल्य आज बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ।
बिहीबार प्रतितोला १४ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
