बुधबार सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।
आज तेजाबी सुन तोलामा १ लाख २० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ८०० रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको हो ।
