सर्वोत्तम सिमेन्ट कम्पनीको आइपीओ शुक्रबार (फागुन २५ गते) बाँडफाँट भएको छ ।
यसमा मागभन्दा १९.३२ गुणा बढी आवेदनले गोलाप्रथाबाट आइपीओ बाँडफाँट भएको हो । यसमा आवेदकले १० लाख १२ हजार ३८४ जनाले कुल ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ५५ हजार ५२१ जनाले मात्र शेयर हात पार्नछन् भने आवेदन दिएका बाँकी साढे ९ लाख जनाको भने हात खाली हुनेछ । सर्वोत्तमले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई फागुन १३ गतेदेखि १६ गतेसम्म कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन गरेको थियो ।
