हिन्दु महिलाको चाड हरितालिका तीज, दर र ब्रतका लागि मात्र हैन ,गीत संगीतका लागि पनि प्रख्यात छ। तीजकै लागि भनेर नेपाली लोक गायक गायिकाले वर्षै पिच्छे नयाँ-नयाँ तीज ‘गीत गाउने गरेका छन्। ”ती मध्ये केहीले राम्रै बजार पाउँछन् भने ,केही चाहिँ बजारमा निस्किन नपाउँदै मर्छन्।
जापानमा रहेर पनि नेपाली ”गीत संगीतमा आफ्नो निरन्तर उपस्थिति जनाइरहने लोकप्रिय गायक तथा सर्जक सुर्य खड्काको यो बर्षको लागि पहिलो तीज ,गीत “चाउली गाला चट्टै” भर्खर मात्र सार्वजनिक भएको छ । ”
निकै रमाइलो विषयमा बनाइएको सो गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ । अर्जुन सुवेदीको उत्कृष्ट शब्दमा सुर्य आँफैले लय सिर्जना गरेका छन भने, आवाजमा सुर्यलाई शिवा केसीले साथ दिएकी छन ।” शंकर विसीको निर्देशन रहेको सो ‘गीतमा महेन्द्र गौतम र रिना थापा मगरलेका नृत्य गरेका छन । ”गीतलाई दुर्गा पौडेलले खिचेका हुन भने सुर्य खड्काको युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।
लोकप्रिय गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीले नयाँ तीज गीत लिएर आएका छन् । पशुपति शर्माले यसअघि पनि थुप्रै गीतमा गायिका सम्झना भण्डारीसँग सहकार्य गरेका छन् । माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीत सार्वजनिक भएको छोटो समयमानै निकै चर्चित बनेको छ ।
गीतलाई पशुपति शर्मा आफैले लय तथा शब्द सिर्जना गरेका छन् भने भिडियो सम्झना र पशुपति स्वयमलाई देख्न सकिन्छ । पशुपति शर्मा युट्युब च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा दुर्गा पौडेलको निर्देशन रहेको छ ।हरेक बर्षको तीजमा पशुपति शर्माको गीतले राम्रैै चर्चा कमाउन सफल भएका थिए , यसबर्ष कोरोना महामारी बिच छायांकन गरिएको यस गीतको भिडियोलाई पनि सफलताको शुभकामना । भिडियो हेर्नुहोस्
