काठमाण्डौ-लोक गायक रामजी खाँड र टिका पुन को आवाजमा नयाँ गित डालीको फुल रामजी खाँड को युटुव च्यानलवाट बजारमा आएको छ। छोटो समयमै टिकटक देखी युटुव सम्म चर्चा कमाउन सफल भएको छ।कस्तुप पन्तको शब्द लय रहेको गितको भिडियो पनि दमदार बनेको छ।
रामजी खाड र करिष्मा ढकालको भिडियोमा अभिनय रहेको छ।प्रकाश धमलाले सम्पादन/कलर, दुर्गा पौडेल ले भिडियो छायांकन/निर्देशन गरेका हुन्। पुरा भिडियो हेरौ:
यो पनि समाचार :हिन्दु महिलाको चाड हरितालिका तीज, दर र ब्रतका लागि मात्र हैन गीत संगीतका लागि पनि प्रख्यात छ। तीजकै लागि भनेर नेपाली लोक गायक गायिकाले वर्षै पिच्छे नयाँ-नयाँ तीज गीत गाउने गरेका छन्। ती मध्ये केहीले राम्रै बजार पाउँछन् भने केही चाहिँ बजारमा निस्किन नपाउँदै मर्छन्।
यसै बीच लोकप्रिय गायक भागिरथ चलाउने र गायिका सुनिता बुढा क्षेत्रीको समुधुर स्वरमा नयाँ तीजगीत बजारमा आएको छ।गायक चलाउनेको युट्युव च्यानलबाट ‘थोपडाले धोका दियो बरिलै’ बोलको गीत सार्वजनिक गरेका हुन्। रामु पोर्तेलले रचना गरेका उक्त गीतका शब्दमा गायक चलाउनले संगीत भरेका छन्।
त्यसैगरी, उक्त गीतको भिडियोमा करिश्मा ढकाल र गायक चलाउनेको नृत्य तथा अभिनय रहेको छ। प्रकाश भट्टको निर्देशनमा बनेको भिडयो नवराज उप्रेतीले खिचेका हुन् भने विष्णु शर्माले सम्पादन गरेका छन्। भिडियोको कोरियोग्राफी निर्देशक भट्टले नै गरेका छन्।
