२५ असार, काठमाडौं । ,”सेयर ब्रोकरहरुले पनि ‘सर्वसाधारणका लागि साधारण सेयर ,(आईपीओ) जारी गर्न पाउनुपर्ने माग गरेका छन् ।
शुक्रबार नेपाल धितोपत्र बोर्डले आयोजना गरेको आगामी आर्थिक वर्षका लागि आउने ,’नीति तथा कार्यक्रमका लागि सुझाव दिदै स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले यस्तो माग गरेका हुन् ।
स्टक ‘ब्रोकर कम्पनीहरु अहिले निजी कम्पनीहरुको रुपमा सञ्चालनमा रहेका छन् । ,”कम्पनीमा सर्वसारणको पनि लगानी समेटेर पव्लिक बनाउने हो,’ भने यसले सबैलाई राम्रो हुने,’ अध्यक्ष मैनालीको सुझाव छ ।
सर्वसाधारण समेतको लगानी हुने हो भने ‘ब्रोकर कम्पनीहरु थप पारदर्शी हुने उनको भनाई छ । ,”तर नाममा लिमिटेड लेख्नमात्रै नभई साच्चिकै सर्वसाधारणको समेत सहभागीता गराउने गरी’ पव्लिक कम्पनी बनाउनु पर्ने ,’उनको सुझाव छ ।
