काठमाडौँ, ४ असार । मार्चदेखि स्थगित रहेको च्याम्पियन्स लिग सुचारु हुने पक्का भएको छ । अगष्ट ७ बाट च्याम्पियन्स लिगका बाँकी खेलहरु सुचारु हुने भएको हो । यूईएफएले बुधबार एक विज्ञप्ति जारी गर्दै च्याम्पियन्स लिग अगष्ट ७ बाट उच्च सतर्कताका साथ सुचारु गर्ने जानकारी दिएको छ ।
च्याम्पियन्स लिगका अन्तिम १६ का खेलहरु चलिरहदा कोरोना महामारीका कारण स्थगित गर्नु परेको थियो । म्पूर्ण खेलहरु बन्द रंगशालामा हुने युइएफएले जनाएको छ ।
