नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक नेपालका के सहर के गाउँ, जताततै फैलिइसकेको छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्छन् । यद्यपि समयसँगै हाम्रो संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ जुन कुरो हाम्रा पर्वहरूमा सहजै दृष्टिगोचर हुन्छन् ।हिजोआज तीज भडि्कलो हुँदै छ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ । फलस्वरूप तीज केही उत्ताउलो समेत हुन थालेको र यसको मौलिकता पनि हराउन थालेको गुनासो बढ्न थालेको छ ।
तीजमा तीज गीतहरूको पनि उत्तिकै भूमिका पाइन्छ ,पछिलो समय भने पहिलेका तीज गीत र अहिलेका तीज गीतमा धेरै भिन्नता पाइन्छ । अहिलेका तीज गीत संस्कृति सम्झाउने भन्दा विर्साउने र विकृति बढाउने खालका मात्र आउन थालेका छन् । महिला अधिकार र दुखः पीडाका गीत भन्दा छाडा र उरन्ठेउला गीतले बजार लिइरहेका छन् ।
नेपाली सांगीतिक बजारमा दुई दशक लामो सफल सांगीतिक यात्रा पुरा गरेका लोकप्रिय गायक तथा कुसल सर्जकको नाम हो बिष्णु खत्री ।उनले गीत संगीत अफ्टेरो अवस्थामा हुँदा देखि अहिलेको जटिल अवस्थामा आइरहदा सम्म पनि निरन्तर आफ्ना सांगीतिक कोसेली मार्फत आफ्नो दमदार उपस्थिति दिइरहेका छन् ।
नेपालीहरुको महान पर्व हरितालिका तीजको अवसरमा खत्रीले नयाँ गीत मुग्लिन भर्खर मात्र सार्वजनिक भएको छ । खत्रीको आजै जन्म दिन हो । जन्म दिनको अवसरमा आफ्नो नयाँ गीत सार्वजनिक गरिएको गायक खत्रीले हामीलाई बताउनु भयो ।
पछिल्लो समय देशमा बाढी पहिरोका कारण भोग्नु परेको समस्या गीतको माध्यम मार्फत उठाइएको छ । गीतको सम्पूर्ण पक्ष निकै दमदार र उत्कृष्ट रहेको छ । गीतमा खत्रीको नै लय तथा शब्द सिर्जना रहेको छ भने उनलाई आवाजमा रिना केसीले साथ दिएकी छन् । सो गीतको म्युजिक भिडियोमा ओबि रायमाझी र सारिका केसीको अभिनय रहेको छ भने होम गुरुङको निर्देशन रहेको छ ।
