भारतको चर्चित कमेडी सो ‘द कपिल शर्मा’ का दर्शकको प्रतीक्षा अन्ततः समाप्त हुने समय आएको छ । हाल छायांकनमा रहेको यस सोको नयाँ प्रोमो सार्वजनिक गरिएको छ ।
कृष्णा अभिषेकले नयाँ प्रोमो आफ्नो इन्स्टाग्राममा सेयर गरेर जानकारी दिएका हुन् ।
सार्वजनिक प्रोमोमा सोका सम्पूर्ण टिम कालो पहिरनमा सजिएका छन् । प्रोमोमा केही एपिसोड नआएका भारती सिंह पनि अबको सोमा फर्किँदैछिन् भन्ने प्रष्ट संकेत गरिएको छ ।
यसका साथै सोमा नयाँ सदस्यका रूपमा सुदेश लहरीको प्रवेश भएको देख्न सकिन्छ । तर टिमकै अर्का कलाकार सुमोना चक्रवर्ती भने प्रोमोमा देखिएकी छैनन् । यसबाट उनी अब सोमन नदेखिने हो कि भन्ने आँकलन गरिएको छ ।
नयाँ एपिसोड पनि अभिनेता सलमान खानले नै निर्माण गर्नेछन् ।
