सामाजिक संजाल टिकटकमा निकै भाइरल नाम हो कोमल, कैलाली घर भएकी २४ वर्षीय कोमलको जन्मजातै एउटा हात छैन । एउटा हात नभएता पनि उनिले नाचेर नै सबैको मन जित्न सफल भएकी छिन।
सानै देखि नृत्यमा रुचि भएको कारण यहि क्षेत्रमा केही गर्न सकिन्छ कि भन्ने सपना बोकेर कोमल लगभग ५ वर्ष अघि काठमाडौ आइन। एकाद भिडियो गरेता पनि अझैसम्म आफुले सोचेको जस्तो सफलता नपाएको उनले बताइन। चर्चित गायक गायिका को राम्रा गितहरुमा खेल्ने इच्छा भएता पनि त्यस्तो अवसर अहिले सम्म नजुरेको बताएकी छिन।
जन्मिदै एउटा हात नभएता पनि आफू यस्तो छु भनेर कुनै गुनासो जिन्दगीमा नभएको उनी बताउछिन। संघर्ष नै जिन्दगी हो भन्ने बुझेकोले आफुलाई जिन्दगी प्रति कुनै गुनासो नरहेको उनले बताइन। खेतिपातिको काम बाहेक अरु मान्छे सरह प्राय सबै काम गर्न सक्ने उनको भनाइ छ ।दुबै हातले गर्नु पर्ने काम बाहेक अरु सबै काम उनले गर्दै आएकी छिन।
सामाजिक संजालमा टिकटकमा आफ्नो सुन्दरताको निकै नै तारिफ हुने गरेको उनले बताएकी छिन। उनलाई चर्चित गायिका एलिना चौहान को जस्तै अनुहार छ भनेर पनि धेरै भन्ने गरेका छ्न। आफ्नो नृत्य संगै सुन्दरताको पनि तारिफ गरिदिदा धेरै खुसी मिल्ने गरेको बताएकी छिन।
सामाजिक संजाल टिकतक चलाउन थाले पछि भने उनलाई धेरैले चिन्न थालेको उनको भनाई छ l अहिले उपचार गरेर कृतिम हात लगाउन पनि सकिने भएता पनि आफुलाइ त्यो मन नभएको उनको भनाई छ । भगवानले जस्तो दिएका छन आफू त्यसैमा रमाउने इच्छा भएकोले कुनै उपचार नगरेको उनको भनाई छ । ( भिडियो हेर्नुस)
