एजेन्सी – स्पेनिस राष्ट्रिय टोलीका कप्तान सर्जियो बुस्क्वेट्सलाई कोरोना संक्रमण पुष्टि भएको छ । रोयल स्पेनिस फुटबल फेडेरेसन (आरएफइएफ) ले आफ्नो टोलीको कप्तानलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।
आरएफइएफका अनुसार स्पेनको स्वास्थ्य मन्त्रालय र युइएफएको प्रोटोकलअनुसार आइतबार टोलीको सबै खेलाडी तथा पदाधिकारीको पीसीआर विधिबाट कोरोना परिक्षण गरिदा उनमा मात्रै कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएसँगै उनी सेल्फ आइसोलेसनमा बसेका छन् । उनी छिट्टै कोरोनामुक्त हुदै टोलीमा फर्कने टोलीले विश्वास लिएको छ ।
स्पेनले युरोकपअघिको अन्तिम तयारी खेलमा मंगलबार राति लिथुआनियासँग खेल्दैछ । उनले उक्त खेल गुमाउने पक्का छ । स्पेनले १४ जुनमा युक्रेनसँग खेल्दै युरोपियन च्याम्पियनसिपको शुरुवात गर्नेछ ।
