लामो समय देखि नयाँ कार्यक्रम सुरु गर्न लागि परेका रबि लामिछाने ले अनन्त भोलि बाट उक्त कार्यक्रम सुरु गर्ने भएका छन। भोलि देखि नयाँ कार्यक्रम ूकामका कुराू सुरु हुदैछ। उक्त
कार्यक्रमको बारेमा जानकारि दिदै रबि लामिछाने आफ्नो फेसबुक वालमा यस्तो लेखेका छ्न । भोलि बाट म ूकामका कुराू गर्दैछु।टेलिभिजनहरु घरको भित्तामा मात्र सिमित नभएर मान्छेको
पकेट पकेट्मा पुगिसकेको आजको जमानामा प्रविधि सँगै बदलिनै पर्छ। समस्त टेलिभिजन क्षेत्रलाई नयाँ उचाईमा पुर्याउने लक्ष्य सहित यो अवधारणा ल्याएका छौं।बदलिदो प्रविधिले अवसर
सँगै थपेको चुनौतीलाई स्वीकार गर्दै १ लाख पुरस्कार जित्न सकिने नयाँ कार्यक्रम शुरु गर्दैछौं। कठिन त छ तर असम्भव चाहिँ छैन र नयाँ प्रयोगहरुमा मलाई कति पनि डर लाग्दैन। समग्रमा
कार्यक्रमको यो सिजन नै एक किसिमको ट्रायल हुनेछ। यो गेममा अझै पनि अनेकौं प्राविधिक झमेला कायमै छन्।प्राविधिक रुपमा अलि बढी जानकार बाहेककालाई अझै पनि रजिस्ट्रेशन गरेर गेम खेल्न कठिनाइ नै हुनेछ।
धेरै समस्या समाधान भैसके ,केही अझै बाँकी नै होलान्। कस्तो हुन्छ, कति एपिसोड हुन्छ, हुन्छ कि हिदैन जस्ता सबै प्रश्नको एउटै उत्तर हो, कोशिश गर्नेहरु कहिलेपनि हार्दैनन्। विदेशी टेलिभिजन र एपहरुलाई हामी पैसाले जित्न सक्दैनौं तर आइडियाले पछार्न सक्छौं।
विदेशी च्यानल सँगै मोबाइल एपहरु अहिले हाम्रो खल्ती खल्तीमा पुगिसकेको अवस्थामा यो गेम सफल हुन सक्यो भने दीर्घकालीन रुपमा यसले नेपाली टेलिभिजनको चाहिँ गेम चेन्ज गरिदिनेछ। संचार माध्यमलाई बजार र राजनीतिले जब सम्म नियन्त्रणमा राख्छ तब सम्म कोहि निडर,निर्भीक र स्वतन्त्र हुन सक्दैन।
विश्व बजारसँग प्रतिश्पर्धा गर्न छोडेर नेपाली संचार माध्यमहरु एक अर्का बीच नै लड्यौ र अल्मलियौ भने बिदेशी च्यानलले हामीलाई सिध्याउछन् र त्यति बेला पनि बजारमा ताल्चाहरु छ्यापछ्यप्ती पाइनेछन् । ढोकामा होइन, मुखमा लगाइने ताल्चाहरु।
यो गेम र यसको पछाडीको आइडिया मार्फत हामी यस्ता चुनौतीलाई अवसरमा बद्ल्ने प्रयास गर्दैछौं।यो सिजन गार्हो हुन्छ, सहिदिनु होला। आफुले भोगेका समस्या कमेन्टमा लेख्नु होला। प्रत्येक कमेन्टलाई हेरेर हाम्रो टिमले उपाय बताउने प्रयास गर्नेछ। बाँकी देखा जाएगा।।।।भोलि कसले देख्या छ र
