आज असार १ गते अभिनेता जितु नेपालको जन्मदिन हो।लोकप्रिय अभिनेता जीतु नेपाल आज असार १ गते आफ्नो जन्मदिन मनाउँदैछन् ।अभिनेता जीतु नेपाललाई उनका सहकर्मी दीपकराज गिरीले फेसबुकमा आकर्षक र रमाइलो शैलीले शुभामना दिएका छ्न। गिरीले लेखका छन्
‘तपाईंसंग जे छ, त्यो मसंग छैन १ मसंग भएका तपाईंसंग नहुन सक्छ १ सायद यही एक अर्कोसंग नभएका कुरा अैँचोपैँचो गर्दै, एउटै खोलामा मिसियौँ र बग्दै गयौँ निरन्तर । कहिलेकाहिँ हाम्रा मतभेदका छालहरू एक–अर्कोसंग ठोक्किए पनि हाम्रो गति कहिले रोकिएन र रोकिँदैन पनि ।
तपाईंलाई ईश्वरले सधैँ उस्तै उर्जाशील र शृजनशील बनाइरहुन् । तपाईंसंग भएका सकारात्मकताले तपाईंमा भएका कमि–कमजोरीलाई परास्त गर्न सकोस् । घर परिवारमा सुख शान्ति रहि रहोस ।जय मित्रता। जन्मदिनको लाखौं करौडौं शुभकामना ।
’दर्शकमाझ मुन्द्रेको उपनामले लोकप्रिय यि अभिनेता पछिल्लो केही वर्षदेखि मुन्द्रेको कमेडी क्लबमा व्यस्त छन।दर्शकले अत्यन्त रुचाएको यो कार्यक्रम नेपाल टेलिभिजनमार्फत प्रसारण हुन्छ । सानो पर्दाबाट प्रारम्भ भएको अभिनेता जीतु नेपालको अभिनय यात्रा नेपाली फिल्म हुँदै पुन सानो पर्दामै आइपुगेको छ ।
स्ट्याण्ड कमेडीमा जीतुको प्रस्तुतीलाई अब्बल मानिन्छ ।उनले स्वदेश तथा विदेशका दर्जनौं कार्यक्रम मार्फत स्ट्याण्ड कमेडी मार्फत दर्शकलाई हसाइसकेका छन् ।उनी हरेक विषयमा आफ्ना विचार राख्दै दर्शकलाई हँसाउन सिपालु छन् ।
