शरद ऋतु चाँडै सकिँदै थियो। कमिलाहरूका परिवार खाना, लट्ठी र सुक्खा पातहरू संकलनमा व्यस्त हुन थाले। फट्यांग्रो यी सबै दृश्य नियालिरहन्थ्यो। ऊ बेला मनमनै हाँस्थ्यो त कहिले जिस्क्याउँथ्यो। एक दिन, त्यो फट्यांग्रो कमिला आउने बाटो ढुकेर बस्यो। जब कमिला आएको बुझ्यो तब बुट्ट्यानको हाँगाबाट फुत्त तल ओर्लियो।
फट्यांग्रो पनि हिँडेर कमिलासँग अघि बढ्न थाल्यो। अचानक फट्यांग्रो आफू छेउमा देखेर कमिला तर्सियो। उसले एकछिनपछि आफूलाई बिना शंका अघि बढायो। फट्यांग्रोले कमिलालाई सोध्यो, ‘तिमी यस्तो सुन्दर दिनमा के गर्दैछौ !’ ‘हामी चिसोका लागि तयारी गर्दैछौं। केही खानेकुरा पनि राख्नुपर्छ।’ कमिलाले जवाफ फर्कायो। फट्यांग्रो हाँस्यो र हिँड्यो। ऊ घाम र पुतलीको पछि लाग्न थाल्यो। दिनहरू बित्दै गए। कमिलाले परिवारलाई हरेक दिन व्यस्त बनायो। चारैतिर चराउन थाल्यो। फट्यांग्रोको भने दिन सुस्तरी यसैगरी बित्यो ! एक बिहान, फट्यांग्रो चिसो बिहानमा उठ्यो। जमिन हिउँले ढाकिएको थियो।
उसले खाना खोज्यो तर केही पनि भेट्टाउन सकेन। कमिलाहरू सहिसलामत थिए। उनीहरूलाई खानेकुराको कुनै चिन्ता थिएन।
नैतिक शिक्षा : घाम चम्किरहेकै बेला खानाको जोहो गर्नुहोस्। तपाईंको भविष्य बनाउन वर्तमान जस्तो कुनै समय छैन।
