काठमाडौं , चर्चित रियालिटी शो अमेरिकन आइडलको उपविजेता बनेका दिवेश पोखरेल (अर्थर गन) यतिबेला निकै खुशी छन, उनी सोमबार मात्रै अमेरिकन अैडलको उपविजेता चुनिएका थिए ,
अहिले दिवेश पोखरेलले अमेरिकन डलरको माल लगएको फोटो सामाजिक संजालमा निकै भाईरल भएको छ । धेरै ले उक्त फोटो सेयर गर्दै दिवेश को तरिफ गरिरहेका छन ।

नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका थिए । तर दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनेकी थिइन् । दिवेश पोखरेल भने उपविजेता बन्न सफल भएकाथिए ।
सोमबार भएको फाइनल राउण्डका क्रममा भोटिङको आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।
