सबैको जिन्दगी सहज कहाँ हुन्छ र,कति दुख कष्ट सहेर जिन्दगी जिउनु परिरहेको हुन्छ। यस्तै दुखमै भए पनि साहस गरेर बाचिरहेकी महिला सृष्टि तामाङ हुन। पिठ्युँमा बच्चा बोकेर चिया बेचिरहेको उनको तस्बिर पछिल्लो समय सामाजिक संजालमा भाइरल भएको थियो।
त्यो तस्बिर हेर्दा जति दुस्खद देखिन्छ त्यो भन्दा कयौ गुना कहालीलाग्दो सृष्टि को जिन्दगि रहेको छ।नुवाकोट घर भएता पनि सृष्टि लामो समय देखि काठमाडौ नै बस्दै आएकी छिन।
श्रीमानले छोडे पछि आफू र आफ्नो बच्चाको लागि उनले रातिमा चिया बेच्ने काम सुरु गरेकी हुन। लकडाउनले गर्दा अरु कुनै काम नपाएको र कोठा भाडा तिर्न साथै खानको समस्या भएको कारण यो काम सुरु गरेको एक युट्युवको अन्तर्वार्तामा खुलाएकी छिन।
सुरुमा मान्छे चिन्न अफ्ट्यारो भएको र त्यसरी चिया दिदा लाज पनि लागेको तर कमाइ देखे पछि खुशी र आत्मविश्वास बढेको उनले बताइन। विवाह भएको ५ वर्ष भएको तर छोरी र आफुलाई कुनै पनि कुरामा सहयोग नगर्ने गरेको बताएकी छिन।
श्रीमानको घरपरिवार बाट नि कुनै सपोर्ट नभएको खान लाउन साथै ऋण तिर्न समस्या भएको कारण आफुले विकल्प खोज्दै जादा यहि काममा जोडिन गएकि बताएकी हुन।
उनि संगको कुराकानी भिडियो मा हेर्नुहोस।
