काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले अब कुनै पनी नेपाली नागरिकहरुले आधारभुत स्वास्थ्य सेवाबाट वञ्चित हुनु नपर्ने बताउनुभएको छ । शुक्रवार बिर अस्पतालको १ सय ३४ औँ बार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले अहिले देशभरिका १६ वटा संघिय अस्पतालहरुका ३ हजार ५ सय ३० बेड निशुल्क गरिएको प्रसंग निकाल्दै अब अब कुनै पनी नागरिकले आधारभुत स्वास्थ्य सेवाबाट वञ्चित हुनु नपर्ने बताउनु भएको हो ।
गरिब, बिपन्न, असाहय नागरिकहरुले निशुल्क उपचार पाउने गरी बिर अस्पतालबाटै बेडहरु निशुल्क गर्ने कार्यको शुरुवात भएकोमा अस्पताल प्रशासनलाई मन्त्री बस्नेतले धन्यवाद समेत ब्यक्त गरे । अहिले बिर अस्पतालमा गरिब, बिपन्न, असाहय नागरिकहरुका लागी ७ सय बेड निशुल्क गरिएको छ ।
फरक प्रसंगमा बोल्दै मन्त्री बस्नेतले सामान्य उपचारका लागी पनी नेताहरु विदेश जाने प्रवृतिको अन्त्य गर्ने निति अवलम्बन गरिएका बताए । र्दुगम जिल्लाका नागरिकहरुले सिटामोल समेत नपाउने अवस्था रहेकोमा राज्यको ढुकुटीबाट भिआईपी, भिभिआईपीको नाममा सामान्य उपचारका लागी पनी नेताहरु बिदेश जाने प्रवृति रहेकोले यसको अन्त्य गर्ने पर्ने बताएका हुन् ।
यसो गर्न सकिएमा राज्यको ढुकुटि पनी बच्ने र नेपाली चिकित्सकहरुको क्षमताको पनी सम्मान हुने मन्त्री बस्नेतले बताए ।
