नेपाल वेयरहाउजिङ कम्पनीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । सेयर निष्कासन तथा बिक्री प्रवन्धक कम्पनी हिमालयन क्यापिटलले एक कार्यक्रमका बीच आईपीओ बाँडफाँट गरेको हो । बाँडफाँटका क्रममा १ लाख १४ हजार १२५ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।
उक्त आइपिओमा कुल १२ लाख ७६ हजार ५५८ जनाको आवेदन परेकामा ८४ हजार ५६० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ।
योग्य ११ लाख ९१ हजार ९९८ जना आवेदकहरुलाई गोलाप्रथामा सहभागी गराइएको थियो।
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।
साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।
नतिजा हेर्न
https://iporesult.cdsc.com.np/
