काठमाडौं । नेपालका लागि रिडारा, डायुन, एक्सपेङ र आयोन इलेक्ट्रिक सवारी साधनको एक मात्र आधिकारिक विक्रेता सी.जी. मोटर्सले चितवन, भरतपुर बालमन्दिरमा मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा ल्याएको छ । चितवन अटोमोवाईल डिलर एशोसियनका अध्यक्ष इन्द्र रेग्मीज्यूको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो । अब एउटै छानामुनी चार वटा विश्वप्रसिद्ध सवारी ब्राण्डका अत्याधुनिक मोबिलिटी समाधानको अनुभव लिन सकिन्छ । यसबाट उपत्यका वाहिर पनि नविन विद्युतीय सवारी साधनहरुको पहुँच विस्तार गर्ने सी.जी. मोटर्स को प्रतिबद्धतालाई थप बल प्रदान गरेको छ । यो विस्तारले नेपालमा स्मार्ट, दिगोे र प्रभावकारी मोबिलिटी समाधान तर्फ बढीरहेको यात्राको महत्वपूर्ण कदम हो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरन्जीवी सुवेदीले सी.जी. मोटर्स प्रा.लि.ले उपत्यका वाहिर पनि विद्युतीय सवारी साधनहरुको विस्तारमा योगदान पुर्याएको भन्दै सी.जी. मोटर्सलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
ग्राहक केन्द्रित अवधारणामा निर्माण गरिएको यस आउटलेटले सवारी अवलोकन, व्यक्तिगत परामर्श, टेस्ट ड्राईभ तथा विक्रीपछिको सेवा सहित सहज र व्यवस्थित ग्राहक सेवा प्रदान गर्नेछ । सी.जी.मोटर्सले गुणस्तरीय सेवा र दिर्घकालीन ग्राहक सम्बन्ध निर्माणलाई निरन्तर प्राथमिकता दिएको भन्दै चितवन ओटोमोवाईल डिलर एशोसियनका अध्यक्ष इन्द्र कार्कीले अन्य क्षेत्रहरुमा पनि आफ्नो सेवालाई विस्तार गर्न सुझाव दिनुभएको छ । साथै भरतपुर महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष परमेश्वर खनालले सी.जी. मोटर्सले भरतपुरमा सोरुम स्थापना गर्नु यस क्षेत्रका नागरिकहरुका लागि खुसीको कुरा भएको बताउनु भएको छ ।

त्यसैगरी कार्यक्रममा नबिल वैंक कस्टर हेड टोप प्रसाद अगस्तीले विद्युती सवारी साधनको वढ्दो मागलाई ध्यानमा राख्दै यी सवारी साधन खरिदमा नविल बैंकले ग्राहकहरुलाई वैंकिङ कर्जामा समेत सुलभ र सहज सेवा प्रदान गर्नेमा ढुक्क हुन आग्रह गर्नुभएको थियो ।
देशैभर फैलिएको २६० भन्दा बढी चार्जिङ स्टेसनको नेटवर्कमार्फत सी.जी. मोटर्सले ग्राहकहरुको विश्वासलाई अझ मजबुद बनाउँदै सहजता, पहुँच र भरपर्दो चाजिङ सुविधा सुनिश्चितता प्रदान गदै आइरहेको छ । चार्जिङ पुर्वाधारले सी.जी. मोटर्सलाई नेपालको सबैभन्दा विश्वसनिय र भरपर्दो ई.भी. प्रदायक कम्पनीको रुपमा स्थापित गरेको सी.जी. मोटर्सका सहायक महाप्रबन्धक कञ्चन सिलवालले वताउनुभयो । करिब १५० ग्राहकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा नयाँ सवारी साधन खरिदकर्ताहरुलाई सवारी साधनको साँचो हस्तान्तरण गरिएको थियो । सी.जी.मोटर्सले उपत्यकता वाहिर पनि आफ्नो शाखा विस्तार जारी राख्ने सहायक महाप्रबन्धक कञ्चन सिलवालले बताउनु भयो । यस अघि पनि गण्डकी प्रदेशको राजधानी पोखरामा सी.जी. मोटर्सको मल्टिब्राण्ड आउटलेट सञ्चालनमा आइसकेको छ ।

