नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य घटेको जानकारी दिएको हो ।
अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको सुनको मूल्य आइतबार प्रतितोला दुई सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २० हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १९ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ५०० रुपैयाँ छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ।
शुक्रबार प्रतितोला १४ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
