सुनसरी घटनामा घाइते भएका थप एक जनाको मृत्यु भएको छ।
२२ वर्षीय रवीन्द्र मेहेताको काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।
यसअघि सुनसरीमा २ जना र सिरहामा १ जना गरी ३ जनाको मृत्यु भइसकेको थियो। अब मृत्यु हुनेको संख्या चार पुगेको छ।
अर्का एक जना घाइतेको वीर अस्पतालमा उपचार भइरहेको छ।
