पूर्वराजा ज्ञानेन्द्र शाहलाई कतिपय चर्चित व्यक्तिले समेत राजाकै रूपमा जन्मदिनको शुभकामना दिएका छन्। ”पूर्वराजा शाह आज (असार २३) बाट ७५ वर्षमा प्रवेश गरेका छन्।’ यस अवसरमा अभिनेत्री कोइरालाले उनलाई शुभकामना दिँदै ‘श्री ५ महाराजाधिराज’ नै सम्बोधन गरेकी हुन्।
अभिनेत्री कोइरालाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘श्री ,५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको ७५औं शुभजन्मोत्सवको उपलक्ष्यमा मौसुफ सरकारको सुख, शान्ति, सुस्वास्थ्य, एवं दीर्घ जीवनका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।’
