एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले डि–८ समूहका सदस्य राष्ट्रहरूलाई कोभिड–१९ को खोपलाई थप सर्वसुलभ बनाउन आग्रह गरेका छन् । सो समूहको बिहीबार आयोजित भर्चुअल सम्मेलनमा उनले सो आग्रह गरेका हुन् । उनले हाल विश्वका कतिपय देशमा भ्याक्सिन राष्ट्रियता स्थापना गर्न खोजिएको जस्तो देखिएको पनि टिप्पणी गरे ।प्रधानमन्त्री खानले सो भर्चुअल सम्मेलनमा भनेका थिए– विश्वमा अहिले भ्याक्सिन जस्तो अति आवश्यकताको वस्तुको उपलब्धताको बारेमा अझ बढी कुरा उठाउनुपर्ने अवस्था आएको पनि बताएका थिए
उक्त समूहको १० औं सम्मेलनमा पाकिस्तानी प्रधानमन्त्री खानले कोभिड १९ का विरुद्धमा हाल विश्वमा प्रयोगमा आइरहेको खोपको उपलब्धतालाई अझ सरल र विश्वमा अति आवश्यकताको वस्तुका रुपमा सबैले पाउनुपर्ने बताए ।
