दोधारा चाँदनी नगरपालिका–४ सुर्खेती टोलकी चार वर्षीया बालिका सम्झना सुनारको महाकाली नदीमा डुबेर बुधबार साँझ मृ,त्यु भएको छ। साथीहरूसँग खेल्ने क्रममा नदीमा डुबेकी सम्झनाको श/व सशस्त्र प्र/हरीले निकालेको हो।
बालिका नदीमा डुबेको खबर पाउनेबित्तिकै बोर्डर आउट पोस्ट दोधरा चाँदनीबाट कृष्णबहादुर बोहराको कमाण्डमा १० जनाको टोली र इलाका प्र,हरी कार्यालय दोधारा चाँदनीका प्र/हरी निरीक्षक भरतराज गिरीको कमाण्डमा रहेको पाँच जनाको टोली खोजतलासमा जुटेको थियो।
नदीमा खोज्दा दुई किलो मिटर टाढा नदीमा डुबिरहेको अवस्थामा श/व फेला पारेको सशस्त्र प्र/हरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्र/हरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए। श/व परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र दोधरा चाँदनीमा राखिएको छ।
